Radio Unity 92.2MHz

आइन्स्टाइन स्कुलद्वारा विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित आइन्स्टाइन पब्लिक स्कुलले विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गरेको छ।

शुक्रबार विद्यालयले २३० विद्यार्थी र १३ शिक्षकको स्वास्थ्य परीक्षण गरेको हो।  भूमिराज र घटाल स्वास्थ्य चौकाको सहयोगमा विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गरिएको प्रिन्सिपल  रामप्रसाद अवस्थीले जानकारी दिए।

‘बालबालिकाहरूमा बढी मात्रामा गुलियो, बाहिरी तयारी खाना र नियमित सरसफाइको कमिले गर्दा ९५ प्रतिशत कान र १५ प्रतिशत दाँतको समस्या देखिएको छ,’ प्रिन्सिपल  अवस्थीले भने, ‘नियमित ससरसफाई गरे ९० प्रतिशत बालबालिका स्वस्थ हुन्छ। ५ प्रतिशतले स्वास्थ्य चौकी तथा अस्पतालमा चिकित्सकको सल्लाहसहित औषधि उपचार गर्नुपर्ने देखिएको छ।’

विद्यालयले विद्यार्थीहरूलाई नियमित सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ। यसका साथै गुलियो र बाहिरको तयारी खान पनि नखान आग्रह गरिएको बताइएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।