Radio Unity 92.2MHz

नेपाल नाई संघ डडेल्धुराको अध्यक्षमा श्रीप्रसाद

डडेल्धुरा: नेपाली काग्रेसको सुभेच्छुक सस्थाको रूपमा रहेको नेपाल ट्रेड युनियन काग्रेससँग आवद्ध रहेको नेपाल नाई संघ डडेल्धुराको अध्यक्षमा श्रीप्रसाद ठाकुर चयन भएका छन्।

मंगलबार जिल्ला सदरमुकाममा भएको संघको चौथो अधिवेशनमा ठाकुर निर्विरोध अध्यक्षमा चयन भएका हुन्।

यस्तै, संघको बरिष्ठ उपाध्यक्षमा विश्वनाथ ठाकुर चयन भएका छन् भने उपाध्यक्षमा हरिश ऐर चयन भएको उपाध्यक्ष विश्वनाथ ठाकुरले जानकारी दिएका छन्।

उनकाअनुसार सचिवमा लालबाबु ठाकुर, सहसचिवमा रूपेश ठाकुर र कोषाध्यक्षमा अर्जुन ठाकुर निर्विरोध चयन भएका छन्। संघको सदस्यमा लक्ष्मण ऐर, सहजाद मन्सुरी, मोहमद मोसिन, गजेन्द्र ठाकुर र अभय ठाकुर चयन भएका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।