डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ र ३ काँडेकोटका महिलाहरूले होली खेलेर उठेको रूपैयाँले घटाल थानमा मूर्ति चढाएका छन्।
नयाँ वर्षको दिन घटाल बाबाको मूर्ति निर्माण गरि चढाएका हुन्।
होली खेलेर करिब १० हजार बढी रूपैयाँ उठेको र सोही रूपैयाँले घटाल बाबाको मूर्ति निर्माण गरि चढाएको होली कमिटीकी सदस्य नरपता सेटीले जानकारी दिइन्।