डडेल्धुराः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कैलपालमाण्डौले मृत्यु दावी भुक्तानी गरेको छ।
गन्यापधुरा गाउँपालिका–५ कैलपालमाण्डौकी खिनादेवी भूलका श्रीमान् स्वर्गीय नरुवा भुलको मृत्यु भएपछि बीमा वापतको तीन लाख ४१ हजार रुयैयाँ चेक हस्तान्तरण गरिएको हो।
उक्त चेक सोमबार शाखा प्रबन्धक सुरेश सुतारले शाखाका अन्य पदाधिकारीहरू तथा स्थानीय बुद्धिजीवीको उपस्थितिमा मृतककी श्रीमती खिनादेवीलाई हस्तान्तरण गरे।
मृतककी श्रीमती खिनाले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बेला लघुवित्तको यस सहयोगले केही मात्रामा भएपनि राहत मिलेको बताइन्।