- पुष्कर देउवा
हरेक राज्यका जनताले राज्यले निर्माण गरेको नीतिप्रति विश्वस्त भएर राज्यप्रति आफूले गर्नुपर्ने दायित्वप्रति पूर्ण वफादार रहनु आफ्नो धर्म ठान्नु पर्दछ। नेपाली समुदायका युवाहरूको राज्यप्रतिको आशा र भरोसा दिन प्रतिदिन कम हुँदै गएको पाइन्छ।
अमेरिकाले प्रत्येक वर्ष खोल्ने इडीभी भर्नेको संख्या, कोरियन भाषा सिक्ने युवाहरू, जापान र अस्ट्रेलिया जानको लागि तयारी गर्नेको संख्या हेरेर प्रष्ट गर्न सकिन्छ। छिमेकी मुलुक भारत र अन्य देश जानेहरूको संख्या पनि थुपै्र छन्।
अधिकांश युवाहरूको विदेशिनुपर्ने बाध्यता होला तर अहिले यो परम्परा नै भएको छ, विदेशमा राम्रो कमाइ हुन्छ भनेर कमाउन हिँनेका युवा देशको नागरिकता त्याग्न पनि तयार भएका हुन्छन्। विदेश जाने प्रवृतिले पढाइप्रतिको सोच घट्दै गएको छ।
मुलुकको अर्थतन्त्र कोरानाले तहस–नहस गरेको छ। कोरोना कालमा युवाहरू वर्षौदेखि बाँझो रहेको खेत बारीमा कृषि तथा अन्य उत्पादनसँग जोडिए तर उत्पादित वस्तुले बजार पाएन, उधारोमा उत्पादित वस्तु दिनुपर्ने बाध्याता आयो। सरकारप्रतिको आशा र भरोसा कम हुँदै गयो र उत्पादन सँग जोदिएका युव हरु सहकारीको चर्को ब्याजमा रकम सापटी लिई विदेश जाने अहिले परम्परा नै भएको देखिन्छ।
विदेश गएर कमाइ त राम्रै भएको देखिन्छ। घरमा हुँदा दाउरा बालेर खाना पाक्थ्यो। घरमा भएको जमिनमा खाद्यान्न तथा तरकारी उत्पादन हुन्थ्यो अब त्यो नभएर सहरमा डेरा गरेर उनी ग्यासमा खाना पकाउँछन् र पसलबाट खाद्यान्न सामग्री खरिद गर्छन्।
आजभन्दा ३५/४० वर्ष अगाडि आफूलाई दैनिक जीवनमा अवश्यक पर्ने सम्पूर्ण वस्तु उत्पादन गरिन्थ्यो। खेतमा मौषम अनुसारको खाद्यान्न उत्पादन गरिन्थो, नाङ्गा डाँडाहरूमा वर्षादको समयमा दालहरुको खेती गरिन्थ्यो, कुखुरा, बाख्रा, गाईगोरु पालिन्थ्यो, मल जलहरु घरमै उत्पादन हुन्थ्यो। लुगा कपडा र नुन मात्र बाहिरबाट खरिद गरिन्थ्यो। सबै उत्पादनसँग जोडिएका हुल्थ्ये। देशको अर्थतन्त्र ठीक भएको देखिन्थ्यो।
गाउँका विद्यालयमै राम्रो संख्यामा विद्यार्थीहरू भर्ना भएका हुन्थ्ये। विद्यालयलाई समुदायका नागरिकले राम्रो संरक्षण गरेर सञ्चालन गरिन्थ्यो। विस्तारै विस्तारै समुदायका अतिकति पैसा भएका मान्छेहरूले निजी विद्यालयहरू सञ्चालन गरी शिक्षामा पनि व्यपार गर्न थाले। त्यसले गर्दा साँझ बिहान सँगै खेल्ने साथी विद्यालय जाँदा अलग अलग विद्यालयमा जान थालेका छन्।
आर्थिक अवस्था न्यून भएपनि बाध्याताले सरकारी विद्यालयमा अध्ययन गर्ने आफ्नो छोरालाई निजी विद्यालयमा भर्ना गराउन बाध्य हुन्छ, एक गरी खाने बुवा र यसरी ग्रामीण भेगका सरकारी स्कुलहरूमा विद्यार्थी संख्या घट्दो क्रममा र कुनै ठाँउहरूमा विद्यार्थी संख्या न्यून भएका कारणले विद्यालयहरु मर्ज भएको देखिन्छ। सदरमुकाम र राम्रो सहरहरूका विद्यायहरूले विद्यार्थी संख्या थेगिनसक्नु भएको छ अहिले ।
अहिलेको युवा जनशक्तिलाई देशमै उत्पादन तथा व्यवसायसँग जोड्नका लागि राज्यका तीन तहका सरकारले ठोस योजना बनाइएन भने अबको केही वर्षमा पहाडका बस्तिहरू बाँझो हुन्छन्।
सहर बजारको जनसंख्या थेगिनसक्नु हुन्छ । तराईको उत्पलन हुने जमिनमा घरहरू निर्माण हुन्छन्। नेपालको नागरिकता त्याग्ने युवाहरुको ठूलो जमात हुन्छ। विदेशिहरूले देशभित्र रहेका हरेक क्षेत्रमा अवश्यक खनिज कच्चा वस्तुहरू उत्खनन् गरी नेपाललाई मरभूमि बनाइदिने छन्।