Radio Unity 92.2MHz

छिमेक लघुवित्त कैलपालमाण्डौले दियो बाख्रा पालन तालिम

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ मा तीन दिने आधारभूत बाख्रा पालन तालिम सम्पन्न भएको छ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कैलपालमाण्डौ शाखाको आयोजनामा जेठ १६ गतेदेखि गन्यापधुरा–४ स्थित वडा कार्यालयको हलमा तालिम बिहीबार सम्पन्न भएको हो।

कार्यक्रम संयोजक तथा शाखा प्रबन्धकको रूपमा अम्मरबहादुर सिंह र तालिम प्रशिक्षकको रूपमा चेतराज बोहराले तालिममा प्रशिक्षण दिएका थिए। उक्त तालिम सदस्यको आयस्तर तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको कैलपालमाण्डौ शाखाले जनाएको छ।

तालिममा सदस्य तथा अभिभावक गरी ५३ जनाको सक्रिय सहभागिता रहेको थियो। जसमा २ जना अभिभावक र ५१ जना सदस्य थिए। तालिमको आवश्यकता छिमेक लघुवित्तले पूरा गरिदिएको र तालिम एकदमै लाभदायक भएको तथा किसानको धेरै जसो समस्याको समाधाम समेत भएको तालिममा सहभागी सदस्यहरू बताउँछन्।

उनीहरूले आगामी दिनमा निश्चित उद्देश्य लिएर व्यावसायिक रूपमा बाख्रा पालन गर्नेसमेत प्रतिबद्धता जनाएका छन्। बाख्रा पालन गर्दा आधारभूत रूपमा गर्नुपर्ने तयारी, योजना र आइपर्ने समस्या सम्बन्धी कक्षा संचालन गरिएको थियो।

यसका साथै कैलपालमाण्डौले आयोजना गरेको आधारभूत बाख्रापालन तालिममा सहभागीहरूलाई लक्षित गरी वार्षिक मूल्यांकनको आधारमा पुरस्कृत पाँच वटा इकाईका पाँचजना सदस्यहरुको छोरी पढाउन भनी छात्रवृत्ति स्वरुप प्रति सदस्य दुई हजार चार सय रुपैयाँका दरले वितरण गरेको छ।

 

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।