डडेल्धुरा: डडेल्धुरामा एकदिने अभिकर्ता पुर्नताजकीय तालिम सम्पन्न भएको छ। बुधबार जिल्ला सदरमुकाममा हिमालयन लाइफ इन्स्योरेन्स उप–प्रादेशिक कार्यालय डडेल्धुराको आयोजनामा एकदिने तालिम सम्पन्न भएको हो।
गुरास लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्ज भई बनेको हिमालयन लाइफ लिमिडेटले डडेल्धुराका ५० जना अभिकर्तालाई तालिम दिएको शाखा प्रबन्धक दिवाकर अवस्थीले जानकारी दिए। बीमाको आवश्यकता, महत्त्व तथा औचित्यका बारेमा तामिलमा चर्चा गरिएको थियो।
केन्द्रीय कार्यालयका जोनल हेड नवीन थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको तालिममा लिमिडेटका प्रदेश प्रमुख रामबहादुर शाही विशिष्ट अथिति र उप प्रदेश प्रमुख टेकराज आचार्य अथिति रहेका थिए।