डडेल्धुराः अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्लाको सरसफाइ गरिएको छ।
समुद्री सतहबाट लगभग ६ हजार ५०० फिट उचाइमा रहेको किल्लाको सरसफाइ गरिएको हो।
आज संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समिति डडेल्धुराको आयोजनमा किल्ला सरसफाइ गरिएको हो। किल्लाभित्र जथाभावी रुपमा उम्रिएका भारपात उखेरेर किल्लाको सफाइ गरिएको छ।
सरसफाइ कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न राजनीतिक दल, पत्रकारहरूको सहभागिता रहेको थियो।