डडेल्धुराको भागेश्वरमा चितुवा मृत फेला ✍️ खबर संवाददाता प्रकाशित मिति : अशोज ७, २०८० डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको छ। थापिएको पासोमा परी चितुवाको मृत्यु भएको हो। जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको आशंका गरिएको छ। थप विवरण आउन बाँकी छ।