Radio Unity 92.2MHz

अनेरास्ववियु अमरगढी नगर कमिटीको अध्यक्षमा कैनी चयन

डडेल्धुरा: नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अमरगढी नगर कमिटीको अध्यक्ष राजन कैनी चयन भएका छन्।

शनिबार भएको अनेरास्ववियु अमरगढी नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट कैनीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो।

कमिटीको उपाध्यक्षमा पुनम चुनारा, उपाध्यक्षमा रुक्मणी विष्ट र प्रकाश ताम्राकार, सचिवमा मनिषा भण्डारी, सह–सचिव जेम्स ताम्राकार, कमला परियार, आशिष जोशी र कोषाध्यक्षमा अस्मिता ऐर चुनिएका छन्।

अमरगढी नगर संयोजक बिना बोहराको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा डडेल्धुरा इन्चार्ज पुस्कर देउवा रहेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...