Radio Unity 92.2MHz

माछा मार्ने क्रममा करेन्ट लागेर डडेल्धुरामा एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा जिल्लाको आलिताल गाउँपालिका- ७ राउजालीका खडक बिष्टका २२  वर्षीय छोरा राजेश बिष्टको रहेका छन्।

मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

उनका अनुसार आज बेलुका  करिब ६ बजे तिर करेन्ट लागेर बिष्ट  बेहोस भएका थिए । उनलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो।

अस्पतालका सूचना अधिकारी जितेन्द्र घिमिरेले बिष्टको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको बताए। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...