डडेल्धुरा: आलिताल गाउँपालिकामा अटो दुर्घटनामा घाइते भएकालाई धनगढी रेफर गरिएको छ। दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका–५ घर भएका ४७ वर्षकी लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको हो।
अटो गोदामदेखि आलिताल– ५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ह १७४० नम्बरको दुर्घटना भएको थियो। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।