डडेल्धुराः डडेल्धुराका नरेन्द्रप्रसाद भट्टराईको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। जिल्लाको परशुराम नगरपालिका–५ का भट्टराई न्यूरो र प्यारालाइसिसबाट ग्रसित छन्।
गरिब परिवारका भट्टराईको उपचारमा आर्थिक अभाव भएपछि मेची महाकाली प्रवासी समाज नेपाल भारत ट्रस्टले सहयोग रकम हस्तान्तरण गरेको हो।
सोमबार १ लाख ३५ हजार १५९ रुपैयाँको चेक हस्तान्तरण गरिएको मेची महाकाली प्रवासी समाजका केन्द्रीय कोषाध्यक्ष रामदत्त भट्टराईले बताए। कोषाध्यक्ष भट्टराईको नेतृत्व र मेची महाकाली प्रवासी समाज नेपाल भारत ट्रस्टको अगुवाइमा उक्त रकम संकलन गरिएको हो।

प्यारालाइसिसबाट ग्रसित नरेन्द्र हाल भारतको बरेलीस्थित राम मूर्ति स्मारक इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचार गराइरहेका छन्। उनको आर्थिक अवस्था निकै कमजोर रहेको र भएको २ रोपनी जग्गा मातमा बेचेर उपचार गरिरहेको परिवार स्रोतले जनाएको छ।
दाइाको उपचारमा लाखौं खर्च लाग्ने हुँदा उनका भाइ वीरेन्द्रप्रसाद भट्टराईले सबैलाई आर्थिक सहयोग गरिदिन अपिल गरे।
यसरी गर्न सकिनेछ सहयोग
भारतमा : Phone pay, g pay or Paytam मार्फत transfer गर्न सकिनेछ।
Ram Datt Bhattrai : 9740516584
नेपालमा : Name: Ram Datt Bhattrai
Ac No 24411306763917000001
Nepal Bank limited, Jogbuda
Contact no : 9868513463
डडेल्धुराका नरेन्द्रको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल