Radio Unity 92.2MHz

परशुरामको ‘बजेट हेरफेर’ विवाद साम्य हुँदै, नगरसभा बोलाउने सहमति

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाको बजेटमाथि व्यापक हेरफेर भन्दै उत्पन्न भएको विवाद साम्य हुने भएको छ। माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख विमलाकुमारी बोहरासहित नगरसभाका बहुमत सदस्यहरूले ‘विशेष नगरसभा’ बोलाउन नगरप्रमुख भरत बडायर जोशीलाई असोज ४ गते माग गरेका थिए।

अन्ततः नगरप्रमुख जोशी नगरसभा बोलाउन सहमत भएका छन्। नगरकार्यपालिकाको आइतबार बसेको बैठकले पुस २४ गते नगरसभा बोलाउने निर्णय गरेको छ।

विवादित योजनाहरूबारे छलफल गरी संसोधनका लागि आगामी नगरसभामा पेश गर्ने र आगामी दिनमा नगरपालिकामा कुनै पनि विवाद उत्पन्न भएमा अन्तिम निर्णय लिने अधिकार नगर प्रमुख र उपप्रमुखमा रहने सहमति पनि भएको छ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट बनाउँदा नगर सभामासभाका सदस्यहरूका बिचमा व्यापक छलफल भई बजेट पारित गरिएको र बजेट पारित पछि हाल प्रकाशित बजेट पुस्तिकामा समग्र बजेटको सिलिङ नै बढ्ने गरी बजेटमा व्यापक हेरफेर भएको माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिको भनाइ थियो।

विशेष नगरसभा नबोलाए बजेट संशोधनका लागि अन्य बाटोबाट जाने कार्यपालिका र नगरसभा सदस्यहरूले चेतावनी दिएका थिए। त्यसैले नगरप्रमुख जोशी नगरसभा बोलाउन बाध्य भएका हुन्। कार्यपालिकामा नेकपा (माओवादी केन्द्र) को प्रस्ट बहुमत छ। नगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुखसहित ५ वडाध्यक्ष जित्दा माओवादीले उपाध्यक्षसहित ७ वडाध्यक्ष जितेको छ।

सम्बन्धीत समाचार : परशुरामको बजेटमाथि व्यापक हेरफेर भएको भन्दै विशेष नगरसभा बोलाउन माग

सम्बन्धित पाेष्टहरु
Loading...