Radio Unity 92.2MHz

भिरबाट खसेको ढुङ्गा लागेर डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–५ ठकुरी टोलका ५१ वर्षीय गणेश लुहारको ढुङ्गा लागेर मृत्यु भएको हो।

महाकाली किनारको घोप्टे भन्ने ठाउँमा हावाहुरीका कारण भिरबाट आएको ढुङ्गा लागेर गणेशको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा चोट लागेका उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय, जोगबुढाको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...