Radio Unity 92.2MHz

डडेल्धुराबाट अवैध १५ क्विन्टल झ्याउ बरामद

डडेल्धुरा: डडेल्धुराबाट अवैध झ्याउ बरामद गरिएको छ।

जिल्लाको आलिताल गाउँपालिका–३ को साउनेट भन्ने स्थानमा इश्वर बोहराको बाँझो घरमा लुकाइछिपाइ राखेको अवैध झ्याउ करिब १५ क्विन्टल मंगलबार बिहान सव डिभिजन वन कार्यालय आलितालबाट खटिएको टोलीले बरामद गरेको हो।

बरामद गरेको अवैैध झ्याउलाई अहिले सव डिभिजन वन कार्यालयका आलिताल ल्याइँदै गरेको फरेस्टर गणेश भट्टले जानकारी दिए। भट्टका अनुसार वन कार्यालयको नियमानुसार वनको इआइ नभएको र कार्यालयले झ्याउजस्ता जडीबुटी संकलन तथा बिक्रीवितरण गर्न अनुमतिसमेत नदिएको अवस्थामा संकलन गरी राखेको झ्याउ बरामद गरिएको बताए।

उनले गत विगतमा पनि आलितालको उक्त क्षेत्रबाट डोटीको गैरा बजारमा संकलन गरी डोटीबाट छुटपुर्जी बनाई चोरी निकासी हुने गरेको बताए। घरधनि बोहरा विगत केही वर्षदेखि घरभन्दा बाहिर नै बस्दै आइ्हेका छन्। संकलन गरी भण्डारण गरिएको झ्याउ कसको हो भन्ने अनुसन्धान गरिरहेको समेत भट्टले बताए। झ्याउ एक प्रकारको वनस्पति हो। जुन ढूसी र लेउ प्रजातिका वनस्पति मिलेर बनेको हुन्छ।

ढुसी उमार्नमा सहयोग गर्ने लेउहरु करिब ३० देखि ४० प्रजातिका हुन्छन्। लेउले प्रकाश शष्लेषण गरी खाना बनाउने र यसको बाहिरी भागमा रहेको ढुसीले वनस्पतिलाई सुरक्षाका साथै पानी र खाद्यपदार्थ प्रदान गरेको हुन्छ। झ्याउ विभिन्न स्वरुप र रङका हुने भए पनि सामान्यतया खरानी, हल्का हरियो, सेतो, पहेंलो रङका हुन्छन्।

तराईदेखि हिमालसम्मै पाइने भएपनि समशितोष्ण क्षेत्र यसका लागि उपयुक्त मानिन्छ। झ्याउविज्ञ डा.हरिप्रसाद भट्टराईका अनुसार यो एकदमै ढिलो बढ्छ भने १–२ वर्षमा मर्दै जान्छ। धेरै अनुुसन्धान भएको छैन। वनस्पति विभागको ‘प्लान्ट्स अफ नेपाल’ का अनुसार नेपालमा ७७१ प्रजातिका झ्याउ पाइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...