डडेल्धुरा: डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको आलिताल गाउँपालिका–२ डोबराका ३२ वर्षीय चालक दलबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
मंगलबार बिहान साढे १० बजेको समयमा सुपप्र ०१००२त ६३८२ नम्बरको टयाक्टर आलिताल–२ डोबरास्थित गाङ्खेत–आलितालबाट भित्र गाउँ जाने ग्रामीण सडकमा दुर्घटना भएको बताइन्छ। विष्टको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ।