डडेल्धुरा: अन्तर–पुस्ता महिलावादी मञ्चले सचेतना मुलक प्लेकार्डसहित र्याली निकालेको छ। अनुपन अभियान, महिला मुक्ति समाज र किशोरी संरक्षणा मञ्च डडेल्धुराको संयुक्त आयोजनामा र्याली निकालिएको हो।
अनुपम अभियानको मुख्य उद्देश्य न्यायिक र समतामुलक समाज बनाउन टेवा पुर्याउने, पछाडि पारिएका समुदाय र महिलाहरूका आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्याउने र आत्मसम्मान एवम् आत्मनिर्भरता बढाउने उद्देश्यकासाथ सुरु गरिएको अधिवक्ता आरती जोशीले जानकारी दिइन्।
साथै चैत महिनामा देशव्यापी रूपमा बसका माध्यमबाट पश्चिम कञ्चनपुरबाट सुरु गरेर पूर्वसम्मको बसयात्रा समेत सञ्चालन गरिने जनाइएको छ। अब आउने ८४ को निर्वाचनमा महिला सहभागिता बढाई महिला लाई पनि पुरुष सरह पुर्याउने विभिन्न उच्च तहमा पुर्याउने समेत यो कार्यक्रमको उदेश्य रहेको किशोरी संरक्षणा मञ्चकी सयोजक देवकी जोशीले बताइन्।
आजको कार्यक्रममा सचेतना मुलक प्लेकार्डसहित राजनीतिक दलका महिला नेतृत्वहरु, जनप्रतिनिधिहरु, सामाजिक संघसंस्था, महिला अधिकारकर्मीहरू एवं महिलाको क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो।