Radio Unity 92.2MHz

डडेल्धुराको नवदुर्गामा मंसिर २५ र २६ गते समैजी जात लाग्ने

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ मा यहीँ मंसिर २५ र २६ गते समैजी जात लाग्ने भएको छ।

प्रसिद धार्मिक क्षेत्रको रूपमा रहेको नवदुर्गाको चामामा समैजी जात २५ गते रतेडी र २६ गते दिउसेडी लाग्ने भएको हो। मेलामा तरवारसहित चौलो र धामी झाक्रि को नाच प्रदशन हुने गर्दछ। समैजी देवताको मुख्य शक्ति भनेको भगवती अवतार हुन्।

मान्छेको राजधानी काठमाडौं भने जस्तै देवीदेवताको राजधानी चामा हो भन्ने किम्वदन्ति रहेको पाइन्छ। मेलामा मदिरा सेवन बेचबिखन तथा मदिरा सेवन गरी होहल्ला गर्न पूर्णरूपमा रोक लगाएको स्थानीय सुरेन्द्र बिष्टले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...