डडेल्धुराः राष्ट्रिय स्वतन्त्र पार्टी डडेल्धुराको सभापतिमा इन्जिनियर सुरेन्द्र अवस्थी चयन भएका छन्।
बिहीबार जिल्ला सदरमुकाममा सम्पन्न ऐतिहासिक प्रथम जिल्ला भेलाले अवस्थीको सभापतित्वमा पूर्ण जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।
जिल्ला कमिटीको उपसभापतिमा प्रेम बुढा, सचिवमा राजेन्द्र ऐर, सह–सचिवमा बासु पाण्डेय चयन भएका छन्। यस्तै, सदस्यमा जनक कुँवर, नरेन्द्रबहादुर कठायत, सन्तोष ऐर, मिना फुलारा, खगेश्वरी अवस्थी, जितेन्द्र जैरु र देवसिंह भाट चयन भएको रास्वपा डडेल्धुराले जनाएको छ।
जिल्ला भेलामा प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य गणेश पराजुली, पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईं, केन्द्रीय सदस्य विजय जैरुलगायत नेताहरूको उपस्थिति रहेको थियो।