Radio Unity 92.2MHz

डडेल्धुरामा ख्रीष्टमसको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम

डडेल्धुरा: डडेल्धुरामा ख्रीष्टमसको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ। यसवर्षको क्रिसमस डे उपलक्ष्यमा आज सोमबार डडेल्धुरा चर्च डडेल्धुराको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।

जिसस क्राइष्टको जन्मदिनको अवसरमा प्रत्येक वर्ष क्रिसमस डे को दिन विभिन्न कार्यक्रको आयोजना गरी मनाइँदै आइएको छ। कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेता ,जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकारलगायत स्थानीयको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरुले क्रिसमस डेको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरुले सबै धर्मलाई सम्मान गर्दै एकआपसमा भाइचाराको सम्बन्ध राक्दै अघि बढेर जानुपर्ने बताउँदै क्रिसमसको शुभकामना व्यक्त गरेका थिए।

यसैगरी स्वागत मन्तव्य राख्दै मेघराज भट्टले भने सरकारले मठ मन्दिर निमार्णमा बजेट उपलब्ध गराएपनि चर्च निमार्णमा बजेट उपलब्ध नगराएको र राज्यको सेवासुविधा प्राप्त नभएकाले महसुस गरेको बताए। कार्यक्रमका सभापति तथा अमरगढी ईसाई समाज डडेल्धुराका अध्यक्ष पदम भट्टले डडेल्धुरामा समाधिस्थल नभएकाले आफूहरूलाई अप्ठ्यारो भइरहेको बताए। समाधि स्थलको लागि स्थानीय सरकारलाई पहल गरिदिन समेत आग्रह गरे। कार्यक्रममा डडेल्धुरा चर्चले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...