Radio Unity 92.2MHz

डडेल्धुरामा जैविक विविधता रणनीति पुनरावलोकन कार्यक्रम सम्पन्न

डडेल्धुरा: जैविक विविधता रणनीति तथा कार्ययोजना पुनरावलोकनसम्बन्धी डडेल्धुरामा विशेष छलफल सम्पन्न भएको छ। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा डडेल्धुरा जिल्लाका विभिन्न कार्यालय प्रमुखहरू, सामुदायिक वनका प्रतिनिधि, पत्रकारहरूको सहभागीता रहेको थियो। सहभागीहरूलाई समूह विभाजन गरी विभिन्न विषयमा गहन छलफल गराइएको थियो।

कार्यक्रममा जैविक विविधताले कृषि, वन, संरिक्षण क्षेत्र ,जलचर र घासे मैदान क्षेत्रको संरक्षणमा आदिवासी जनजाती र स्थानिय जनसमुदायमा पुर्याएको योगदानको विषयमा छलफल गर्दै सहभागीहरूले जैविक विविधतालाई असर पुर्याउने विभिन्न कारकहरूको पहिचान गर्दै त्यसलाई न्यूनीकरण गर्न उपायहरू सुझाव दिएका थिए।

भौतिक पूर्वाधार निर्माणले जैविक विविधतामा पुर्याएको असर र त्यसबाट हुने हानी–नोक्सानीबारे समूहमा छलफल गरी विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो। जैविक विविधतालाई दीर्घकालीन संरक्षणका लागि स्थानीय स्तरमा अपनाउन सकिने व्यावहारिक कदमहरूबारे समेत विचार व्यक्त गरिएको थियो।

जैविक विविधता कार्यक्रमलाई स्थानिय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सहभागीहरूले विभिन्न योजनाहरूको सिफारिस गरेका थिए। साथै, जैविक विविधता मैत्री विकासका लागि लगानी वृद्धि र सामुदायिक सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो। जैविक विविधता संरक्षण र विकासलाई सन्तुलित रूपमा अघि बढाउन सामूहिक प्रयास र सहकार्यको खाँचो रहेको विषयमा समेत छलफल गरिएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...