डडेल्धुरा: परशुराम नगरपालिका–२ ग्वान्नीबाट भागेश्वरको देउरो गङ्गा स्नानका लागि परशुरामधाम प्रस्थान गरेको छ।
परशुराम–२ बाट हिँडेको देउरो साँझ परशुराम–४ कटालमा पुगेर राति विश्राम गरेर भोलि पुस २९ गते मात्रै परशुराम–५ परिगाउँस्थित परशुराम धाममा स्नानको लागि पुग्नेछ।
भोलि सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल परशुराम धाममा हरेक वर्ष पुस मसान्तको राति रतेडी र माघ १ गते बिहान गङ्गा स्नानसहित मकर मेला लाग्ने गर्दछ।
परशुराम मेलामा डडेल्धुराका अरु विभिन्न ठाउँबाट समेत देउरा स्नानका लागि आउने गरेका छन्। यहाँ डोटी, बैतडी, कैलाली, कञ्चनपुर तथा भारतबाटसमेत भक्तजनहरू स्नानका लागि आउने गर्दछन्।