डडेल्धुरा: लागूऔषध चरेससहित डडेल्धुरामा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको छबिसपााथिभरा गाउँपालिका-३ का ७१ वर्षीय चन्द्रदेव जैशी रहेका छन्।
जैशीलाई आज (बुधबार) अमरगढी नगरपालिका-१ स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।
बमकाअनुसार उनी भीमदत्त राजमार्ग अन्तर्गत बझाङबाट धनगढी तर्फ जाँदै गरेको ना. ७ ख ४०९ नम्बरको बसमा यात्रा गरिरहेका थिए।
उनले बसको सिटमाथि समान राख्ने र्याकमा प्लाष्टिकको कट्टाभित्र पिडालुसँगै चरेस मिसाई राखेको थिए। उनकाे साथबाट ७८४ ग्राम लागूऔषध चरेश प्रहरीले नियन्त्रणमा लिएको हो।