डडेल्धुराः डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
बिहीबार दिउँसो जिल्लाको अमरगढी नगरपालिका–३ काँडेस्थित आइतबजारबाट काँडे गाउँतर्फ ढुंगा लिएर जाँदै गरेको से १ त ९७५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक अमरगढी–२ का ३९ वर्षीय लक्ष्मीकान्त बुढाऐर घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
घाइते बुढाऐरको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइन्छ।