Radio Unity 92.2MHz

डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत भेटिए

डडेल्धुरा: डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत भेटिएका छन्।

उनी अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज (शनिबार) दिउँसो मृत फेला परेका हुन्। अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी फागुन १ गतेदेखि सम्पर्कविहीन थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जोशी मृत फेला परेको पुष्टि गरे। उनका अनुसार प्रहरी घटनास्थलमा पुगेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...