Radio Unity 92.2MHz

ज्ञानोदय विद्या निकेतनको २१औं वार्षिकोत्सव सम्पन्न

डडेल्धुराः डडेल्धुराको सदरमुकाममा रहेको ज्ञानोदय विद्या निकेतन स्कूलको २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

शनिबार कार्यक्रमका प्रमुख अतिथि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने प्रमुख आतिथ्यतामा तथा विद्यालयका अध्यक्ष पदमराज भाटको अध्यक्षतामा वार्षिकोत्सव मनाइएको हो।

विद्यालयले शैक्षिक उत्कृष्टता हासिल गर्दै अनुशासन, सिर्जनशीलता, र उत्तरदायित्वलाई आत्मसात गर्दै आएको प्रजिअ न्यौपानेले बताए। ज्ञानोदय विद्यालय उदाहरणीय बनेको उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्दै राष्ट्रका लागि सक्षम जनशक्ति उत्पादन गर्न विद्यालय निरन्तरता दिनुपर्ने बताए।

त्यसैगरी, विद्यालयका अध्यक्ष भाटले विद्यालयले २१ वर्षको यात्रामा थुप्रै चुनौती पार गर्दै गुणस्तरीय शिक्षा र अनुशासनमा आधारित शैक्षिक वातावरण निर्माण गरेको बताए। उनले आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीसँगै समुदायको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णराज ओझाले विद्यालयले शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास, र विद्यार्थीहरूको शैक्षिक सफलतामा हासिल गरेका उपलब्धिहरूबारे जानकारी गराए। उनले विद्यालयले शिक्षण(शिक्षण प्रक्रियामा नवप्रवर्तन गर्दै भविष्यमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहेको बताए।

आफ्नै पूर्वाधारमा उत्कृष्ट नतिजा हासिल गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। उनले विद्यालयले विद्यार्थीलाई सिर्जनशील र जिम्मेवार नागरिक बनाउन गरेको प्रयासको प्रशंसा गर्दै विद्यालयको विगत झल्काउँदै भविष्यका लागि मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमकै अवसरमा विद्यालयको शैक्षिक, सांस्कृतिक, तथा सामाजिक गतिविधिहरूलाई अभिलेखबद्ध गर्दै विगतको स्मरण, वर्तमानको विश्लेषण र भविष्यका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरिएको छ। यसै अवसरमा विद्यालयमा विभिन्ना खेलकुद, नृत्य, अभिभावकहरुको लागि म्यूजिकल चियर, कक्षा प्रथम, सरसफाइलगायतका विभिन्न विधाका विद्यार्थी र शिक्षकहरूलाई सम्मानसमेत गरेको छ।

विद्यालयले विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरेको थियो। वार्षिकोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक प्रस्तुतीकरणले थप आकर्षक बनाएको थियो।

 

सम्बन्धित पाेष्टहरु
Loading...