Radio Unity 92.2MHz

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा महेन्द्र माविका अवस्थी प्रथम

डडेल्धुरा: स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ मा महेन्द्र माध्यमिक विद्यालयका आयुष अवस्थी प्रथम भएका छन्।

आज (शनिबार) हिन्दु स्वयंसेवक संघ नेपाल, जिल्ला समिति डडेल्धुराले अमरगढी नगरपालिका-५ स्थित महेन्द्र माविमा आयोजना गरेको परीक्षामा महेन्द्रका अवस्थी प्रथम भएका हुन्।

यस्तै, माउन्टेन मावि बागबजारका शार्दुल पन्त द्वितीय र क्याम्ब्रिज पब्लिक स्कुलका यमुना रोकाया तृतीय भएको कार्यक्रमका व्यवस्थापक गोविन्द खडायतले जानकारी दिए।

उनकाअनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः दश, सात र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाएका हुन्। परिक्षामा एक सय ४४ जना परीक्षार्थी सहभागी थिए।

सम्बन्धित पाेष्टहरु
Loading...