Radio Unity 92.2MHz

डडेल्धुरा क्याम्पसको स्ववियु सभापतिका लागि तीनजनाको उम्मेदवारी

डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

नेपाली काँग्रेस वीपी निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको छ।

यसपटकको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। ५ चैतमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यतालिका रहेको निर्वाचन अधिकृत नरेन्द्रराज भट्टले जानकारी दिए। प्रमुख तीन उम्मेदवारले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै चुनावी प्रचारलाई तीव्र बनाएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...