डडेल्धुरा: सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुराले बिहीबार १८औँ स्थापना दिवस मनाएको छ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित गुल्म हेड क्वाटर डडेल्धुराले स्थापना दिवस मनाएको हो। सोही अवसरमा सङ्गठनभित्र उत्कृष्ट कार्य गर्नेहरूलाई प्रमाण पत्रसहित सम्मान गरेको छ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक अधिकारीले सशस्त्र प्रहरीले विभिन्न क्षेत्रमा आफ्नो जिम्मेवारी कुशलता र इमानदारीपूर्वक बहन गर्न सफल भएको बताए।

उनले स्थापना दिवसमा राष्ट्र र नागरिकप्रति थप जिम्मेवार बन्दै अगाडि बढ्न निर्देश गर्दै अहिलेसम्मको त्याग र बलिदानको पनि स्मरण भएको बताए। सशस्त्र प्रहरीले विभिन्न आरोह अवरोह पारगर्दै देश र जनताको सुरक्षामा काम गरिएको बताए
डडेल्धुरामा २०६३ सालमा स्थापना भएको सशस्त्र प्रहरी बलले विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) साजेन्द्रप्रसाद श्रेष्ठले बताए।

कार्यक्रममा जिल्लाका स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय, कार्यालय प्रमुख र सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
