Radio Unity 92.2MHz

नवदुर्गा गाउँपालिकाको स्वास्थ्यसहित तीनवटा शाखामा आगलागी

डडेल्धुरा: नवदुर्गा गाउँपालिका केन्द्रमा रहेका तीन वटा शाखा कार्यालयमा आगलागी भएको छ।

शनिबार दिउँसो पालिका मुकाम नजिक रहेको जंगलबाट फैलिएको आगोले स्वास्थ्य शाखा, महिला तथा बालबालिका र आन्तरिक लेखा परीक्षण शाखा क्षति गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रिप्याफ संरचनाका भवन भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको र भित्र रहेका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...