Radio Unity 92.2MHz

डडेल्धुरामा अटोको ठक्करबाट बालकको मृत्यु

डडेल्धुरा:डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिकै अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ।

बिहीबार भी.न.पा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका विक्रम विकका छोरा विवेक विकको ज्यान गएको हो।

बुडरबाट जोगबुढा जाँदै गरेको अटोले पैदल हिँडिरहेका विवेकलाई ठक्कर दिएको थियो। घटनामा थप दुई जना घाइते भएका छन्।

दुर्घटनामा अटोमा सवार आलिताल–४ का १८ वर्षीय दिपक बोहरा र आलिताल–६ की ६३ वर्षीया मैना कामी सामान्य घाइते भएका छन्। दुवै जनाको दाहिने हातमा चोट लागेको छ।

उनीहरूलाई जोगबुढा अस्पतालमा उपचार गरिएको छ। अटो चालक भने अहिले फरार रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...