Radio Unity 92.2MHz

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय सरोकार मञ्च नेपालले बुझायो ९ बुँदे ज्ञापनपत्र

डडेल्धुरा: राष्ट्रिय सरोकार मञ्च नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ। राष्ट्रिय सरोकार मञ्चले आइतबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

राष्ट्रिय सरोकार मञ्च नेपालका अध्यक्ष अर्जुनसिंह विष्टले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेमार्फत् प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएका हुन्।

राष्ट्रिय सरोकार मञ्च नेपालले सरकारको मातहतमा रहेको राजदण्ड र श्रीपेच फिर्ता गर्नुपर्ने, विधिको विधान २०४७ को संविधान लागू गर्नुपर्ने नत्र २०१७ या २०१९ को संविधान जारी गर्नुपर्ने माग अघि सारेको छ।

यस्तै, धर्म निरपेक्ष खारिज गरी धर्म सापेक्षय लागू गर्नुपर्ने, संघीयता चाहिँदैन, देश टुक्रयाउन पाइँदैन, १४ अञ्चल ७५ जिल्ला र ५ विकास क्षेत्र यथावत् कायम गर्नुपर्ने नभए ३ वटा राज्य सिजा राज्यसिम्रनटढ राज्य, मिथिला राज्य कायम गर्नुपर्ने उसको माग छ।

यसका साथै राष्ट्रिय झन्डा र राष्ट्रिय चिन्हहरू यथावत कायम गर्नुपर्ने, वैद्धिक सनातन हिन्दू अधिरज्य घोषणा गर्नुपर्ने र प्रत्यक्ष कार्यकारीणी प्रधानमन्त्री हुनुपर्ने आफूहरूको माग रहेको राष्ट्रिय सरोकार मञ्च नेपालका अध्यक्ष विष्टले बताए।

मागहरू पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...