Radio Unity 92.2MHz

नवदुर्गा गाउँपालिका–४ मा राष्ट्रिय परिचयपत्र वितरण धमाधम

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ बेलापुरमा राष्ट्रिय परिचयपत्र धमाधम वितरण भइरहेको छ।

वडाध्यक्ष पदम विष्टका अनुसार वडाका ३ स्थान सुन्केस्वोरी गिल्लेस्वोरी आधारभूत विद्यालय गिल्ला, जनक आवि सिरोड र वडा कार्यालयबाट परिचयपत्र वितरण भइरहेको हो।

आइतबारसम्म ६७५ वटा परिचयपत्र वितरण भइसकेको उनले बताए। आज र भोलि वडा कार्यालयबाट वितरण हुने र बाँकी छुट्पिट कार्डहरू गाउँपालिकाबाट नियमित बाँड्ने काम भइरहने वडाध्यक्ष विष्टले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...