डडेल्धुरा: डडेल्धुराबाट विद्युतीय अपराधसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुरा दोषी ठहर भएर फरार रहेका जाजरकोटको नलगाड नगरपालिका–७ का २७ वर्षीय मदन शाही पक्राउ परेका हुन्।
उनलाई प्रहरी टोलीले आइतबार डडेल्धुराको अमरगढी नगरपालिका–५, बागबजारबाट पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताइन्छ।