डडेल्धुरा: डडेल्धुरा अस्पतालमा हेमोडायलाइसिस सेवाको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार हेमोडायलाइसिस सेवाको उद्घाटन गरे।
मन्त्री पौडेल डडेल्धुरा अस्पतालको अनुगमन, निरीक्षण र हेमोडायलाइसिस सेवाको उद्घाटन गर्न बिहीबार यहाँ आएका हुन्। डडेल्धुरा अस्पतालमा पहिलोपटक गत मंसिरमा डायलासिस सेवाको परीक्षण भएको थियो।
त्यस यतादेखि डडेल्धुरा मात्रै नभएर सुदूरपश्चिमका ७ पहाडी जिल्लाका बिरामीले डडेल्धुरा अस्पतालबाट डायलाइसिस सेवा लिइरहेका छन्। डायलासिस सेवाका लागि धनगढी जानुपर्ने बाध्यता हटेको छ।

