Radio Unity 92.2MHz

नवदुर्गा गाउँपालिका–५ को वडा कार्यालयमा आगजनी

डडेल्धुरा: अज्ञात समूहले डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को वडा कार्यालयमा आगजनी गरेका छन्। बुधवार राति करिब ११ बजेतिर भएको आगलागीबाट कार्यालयका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन्।

आगजनी कसले गरेको हो भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको वडाध्यक्ष प्रेमसिंह ऐरले जानकारी दिए। उनका अनुसार अचानक कार्यालयमा आगो लाग्दा कागजपत्रदेखि कार्यालयमा प्रयोग भइरहेका सामग्री जलेर नष्ट भएका छन्।

दैनिक प्रशासनिक कामका कागजात जलेर नष्ट हुँदा सेवाग्राहीहरूलाई समस्या पर्ने देखिएको उनको भनाइ छ। आगलागीबारे सुरक्षा निकायलाई जानकारी गराएको उनले बताए।

नेपालमा जेनजी आन्दोलन चर्किएपछि देशभर सरकारी सम्पत्तिमाथि पनि आक्रमण र आगजनीका घटना बढ्दै गइरहेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...