डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ बेलापुरमा राष्ट्रिय परिचयपत्र धमाधम वितरण भइरहेको छ।
वडाध्यक्ष पदम विष्टका अनुसार वडाका ३ स्थान सुन्केस्वोरी गिल्लेस्वोरी आधारभूत विद्यालय गिल्ला, जनक आवि सिरोड र वडा कार्यालयबाट परिचयपत्र वितरण भइरहेको हो।
आइतबारसम्म ६७५ वटा परिचयपत्र वितरण भइसकेको उनले बताए। आज र भोलि वडा कार्यालयबाट वितरण हुने र बाँकी छुट्पिट कार्डहरू गाउँपालिकाबाट नियमित बाँड्ने काम भइरहने वडाध्यक्ष विष्टले जानकारी दिए।