Radio Unity 92.2MHz

डडेल्धुरामा अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुरा: डडेल्धुराबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

अवैध रूपमा साल जातको काठ चिरानी मुद्दामा २० दिन कैद सजाय र ३० हजार ४३० रुपैयाँ जरिवाना तोकिएका डडेल्धुराको आलिताल गाउँपालिका– ८ का ४० वर्षीय कमल थापामगर पक्राउ परेका हुन्।

उनलाई आइतवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले वडा कार्यालय नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...