डडेल्धुरा: डडेल्धुरामा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका देवदत्त भट्टका १५ वर्षीय छोरा प्रकाश भट्टको सर्पले टोकेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार बिहीबार बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो। त्यसपछि उनलाई जोगबुढा अस्पताल पुर्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। उनी साँदनीकै शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए।