Radio Unity 92.2MHz

अजयमेरुका दीपा र सीताले जिते प्रदेशस्तरीय कराँते प्रतियोगितामा गोल्ड

डडेल्धुरा: कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न ‘सुदूरपश्चिम प्रदेशस्तरीय खुल्ला कराँते प्रतियोगिता’मा अजयमेरु गाउँपालिका डडेल्धुराका दुई खेलाडीले गोल्ड मेडल जितेका छन्।

अजयमेरुका दीपा विष्ट र सीता विष्टले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल जित्न सफल भएका हुन्। मंगलवारदेखि सुरु भएको प्रदेशस्तरीय कराँते प्रतियोगिता बिहीवार सम्पन्न भएको हो।

अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले उत्कृष्ट सफलताका लागि दुवै खेलाडीलाई बधाई दिँदै खेलकुद प्रशिक्षकलाई समेत विशेष धन्यवाद र बधाई ज्ञापन गरे।

सम्बन्धित पाेष्टहरु
Loading...