डडेल्धुरा: उग्रतारा डडेल्धुरा यातायात प्रालिले सञ्चालन गर्दै आएको डडेल्धुरा–काठमाडौं एसी लक्जरी डिलक्स बस सेवा पुनः नियमित दैनिक सञ्चालनमा ल्याउने भएको छ ।
प्रालिका अनुसार जेठ ४ गतेदेखि डडेल्धुरा–काठमाडौं रुटमा अत्याधुनिक सुविधासहितको एसी लक्जरी डिलक्स बस हरेक दिन सञ्चालन हुनेछ । यससँगै सुदूरपश्चिमका यात्रुका लागि लामो दूरीको यात्रा अब थप सहज, सुरक्षित र सुविधासम्पन्न हुने भएको छ ।
लामो समयदेखि यात्रुको विश्वास जित्दै आएको कम्पनीले यसपटक झन् स्तरीय सेवा, आरामदायी सिट, सुरक्षित यात्रा र समयमै गन्तव्य पु¥याउने प्रतिबद्धतासहित सेवा पुनः सुरु गर्न लागेको प्रालिका अध्यक्ष मानबहादुर साउदले बताए ।
विशेषगरी सुदूरपश्चिमबाट राजधानी आउने–जाने यात्रुका लागि यो सेवा निकै राहतपूर्ण हुने विश्वास गरिएको छ । यात्रुको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै अनुभवी चालक, व्यवस्थित सेवा र आरामदायी वातावरणसहित बस सञ्चालन गरिने उग्रतारा डडेल्धुरा यातायात प्रालिका कार्यालय प्रमुख लक्ष्मण महराले जानकारी दिए ।
डडेल्धुराबाट काठमाडौंका लागि प्रत्येक दिन दिउँसो १२ः३० बजे तथा काठमाडौंबाट डडेल्धुराका लागि पनि दिउँसो १२ः३० बजे बस प्रस्थान गर्नेछ। यात्रुको विश्वासलाई अझ मजबुत बनाउने गरी सेवा विस्तार गरिएको अध्यक्ष साउदले बताए ।
