Radio Unity 92.2MHz

अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा

डडेल्धुरा: हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको हो।

स्काभेटरले हिउँ हटाएपछि शनिबार अपराह्न ४ बजेबाट सडक सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बिहीबार रातिबाट अवरुद्ध बनेको थियो। हिमपात रोकिएपछि शनिबार बिहानैदेखि स्थानीय तहका डोजर, स्काभेटर र नेपाली सेनाले हिउँ पन्छाउने काम गरेका थिए।

सडक सञ्चालनमा आएसँगै बाटोमै अलपत्र परेका यात्रु र सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले सडक बनेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...