Radio Unity 92.2MHz

महालेखा परिक्षकको प्रतिवेदनले भन्योः घटाल–चिम्रिकोट सडकको काम गुणस्तरहिन भयो

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ स्थित घटाल–चिम्रिकोट सडकको काम गुणस्तरहिन भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उक्त सडकको काम गुणस्तरहिन भएको पाइएको हो ।

घटाल–चिम्रिकोट सडक स्तरोउन्नतीका लागि अमरगढी नगरपालिकाले राम कन्ट्रक्सनसँग ५४ लाख ९७ हजार ३ सय ४३ रुपैयाँ ७८ पैसामा सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीले तेश्रो रनिङ बिलसम्म अर्थात २०७८ साल १ महिना १६ गते ५० लाख ८ हजार ३ सय ३३ रुपैयाँ भुक्तानी लिएका छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा २०७८ साल ६ महिना १५ गते यो सडक खण्डको स्थलगत निरिक्षण गर्दा पिच राम्ररी नजमी उप्किएको पाइएको थियो ।

सम्बन्धित पाेष्टहरु
Loading...