Radio Unity 92.2MHz

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : डडेल्धुरामा १४ सदस्यीय टोली घोषणा

डडेल्धुराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि डडेल्धुरामा क्रिकेट टोली छनोट गरिएको छ।

सुनिल तामाङको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो। टोलीमा उपकप्तानको जिम्मेवारी निर्मल रोक्कालाई दिइएको छ।

टोलीमा हरिश चन्द, सचिन मल्ल, सचिन साउँद, आयुशमान शाही ठकुरी, अर्जुन बिक, आदर्श शाहु, इशान पाली, कृष्ण बिष्ट, दिलबहादुर बोहरा, सुनिल भाट (विकेट किपर), रोहीत रोक्का र आशिष शाहु रहेका छन्।

यस्तै बैकल्पिक खेलाडीको रूपमा आशिष ओझा, एसकुमार कठाएत, शेष नगरकोटी र सुरेश बोहरा छनोट भएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...