Radio Unity 92.2MHz

कांग्रेसले डडेल्धुराबाट बनायो देउवालाई उम्मेदवार

डडेल्धुरा: आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि डडेल्धुराबाट शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो।

बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ र प्रदेश ‘ख’ले देउवालाई नै उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए।

यस्तै भोलि जिल्ला समितिले पनि सोही निर्णयलाई सदर गर्ने उनले बताए। देउवा यसअघि पनि डडेल्धुराबाटै सांसदमा निर्वाचित भएका थिए। उनी वर्तमान प्रधानमन्त्रीसमेत हुन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।