Radio Unity 92.2MHz

डडेल्धुरामा एक वृद्धा बेपत्ता

डडेल्धुरा: डडेल्धुरामा एक वृद्धा बेपत्ता भएकी छिन् । गन्यापधुरा गाउँपालिका–२ बाहुनगाउँकी ७५ वर्षीया नारुदेवी जोशी बुधबार दिउँसोदेखि बेपत्ता भएकी हुन् ।

खुट्टाकी अपाङ्गता भएकी जोशी घरदेखि बेपत्ता भएकी स्थानीय कामदेव जोशीले जानकारी दिएका छन्। उनका अनुसार खोजीकार्य गर्दा भेटिएकी छैनन्। उनको खोजीकार्य गरिदिन प्रहरीलाई समेत आग्रह गरिएको छ।

प्रहरीले अहिले उनको खोजी कार्य गरिरहेको छ। बेपत्ता नारुदेवीलाई देख्नुहुने व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४८७६९८८० मा सम्पर्क गर्न सक्नु हुनेछ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।