Radio Unity 92.2MHz

डडेल्धुरामा जटिल गर्भपतन गराउनेको संख्या बढ्दै

डडेल्धुरा: डडेल्धुरामा जटिल गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रत्येक वर्ष जटिल गर्भपतन गराउनेको संख्या बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकले देखाएको हो।

शुक्रबार जिल्ला सदरमुकाममा आइपास नेपाल र सामुदायिक विकास मञ्च (सीडएफ) नेपालले आयोजना गरेको ‘स्थानीय सञ्चारकर्ताहरूसँग यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा सो तथ्यांक प्रस्तुत भएको हो ।

स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर निरीक्षक भवानीसिंह कुँवरका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जटिल गर्भपतन गराउनेको संख्या १८ जना थियो। तर, गत आर्थिक वर्ष २०७८/०७९ मा त्यो संख्य बढेर २६ जना पुगेको उनले जानकारी दिए। गर्भपतन गराउने दुईवटा तरिका छन्। एउटा शल्यक्रिया र अर्को औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन सकिन्छ।

डडेल्धुरामा गत आर्थिक वर्षमा १ हजार १ सय ५१ जनाले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराएका छन्। ७४ जनाले शल्यक्रियामार्फत् सुरक्षित गर्भपतन गराएको परिवार नियोजन सुपरभाइजर निरीक्षक कुँवरले बताए।

गत आवमा २० वर्षमुनिका १७ महिलाले गर्भपतन सेवा लिएका छन्। जिल्ला २२ सूचीकृत रहेको भएपनि २० स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतनको सेवा दिइरहेको कुँवरले जानकारी दिए। सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ।

जबरजस्ती करणी, हाड नाता, विकलाङ्ग बच्चा जन्मिने सम्भावनालगायतका समस्या भए २८ हप्तासम्मको गर्भपतन निःशुल्क गराउन पाउने अधिकार छ। नेपालजस्तो पितृ सत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्ध कारण यहाँ गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको चिकित्सकहरूको तर्क छ।

डडेल्धुरामा सुरक्षित गर्भपतन गराउनेको संख्या (चार आर्थिक वर्षको तथ्यांक)

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।