डडेल्धुराः डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ कार्यकारणी समिति चयन गर्न मतदान सुरु भएको छ। संघको नयाँ नेतृत्वका लागि शनिबार बिहान साढे ८ बजेदेखि मतदान सुरु भएको हो।
संघको अध्यक्षसहित पाँच पदाधिकारी र सदस्य पदका लागि निर्वाचन भइरहेको निर्वाचन समिति संयोजक युवराज जोशीले जानकारी दिए।अध्यक्ष पदका लागि द्धिजराज भट्ट र भोजराज भट्ट चुनावी मैदानमा छन्।
यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक महता र लालमणी पन्त, वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी र महादेव भट्ट, महासचिवमा दिनेशप्रसाद पनेरु र विष्णुराज जोशी, सचिव महिलामा मिना फुलारा र लक्ष्मी ऐरबीच प्रतिस्पर्धा हुँदैछ।
सदस्य सात पदमा ९ जनाको उम्मेदवारी रहेको छ। उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, वाणिज्य सचिव, उद्योग सचिव, सचिव महिला, कोषाध्यक्ष, खुल्ला सदस्य १०, महिला सदस्य दुई र दलित, जनजाती, अपाङ्ग सदस्य दुई र वस्तुगत उपाध्यक्ष गरी २५ जनाको कार्यकारणी समिति हुने प्रावधान छ। १ हजार २९४ जना मतदाता छन्।