Radio Unity 92.2MHz

तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढीको सम्भावना, डडेल्धुरा उच्च जोखिममा

डडेल्धुराः अबको तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ।

नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाका अनुसार गुल्मी, प्युठान, बाग्लुङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा उच्च जोखिम छ ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।